ढाकाकुमारकाे स्थानमा विन्दवासिनी कंसाकारलाई सांसदको शपथ लिने बाटो खुला

राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ विन्दवासिनी कंसाकारलाई सांसदको शपथ लिने बाटो खुलेकाे छ। सर्वोच्च अदालतले यसअघि उनलाई सांसद बनाउने निर्णय जहाँ पुगेको छ त्यही रोक्न आदेश गरेको थियो।

बुधबार न्यायाधीश कुमार रेग्मी र नहकुल सुवेदीको इजलास पहिलाको आदेश निरन्तरता नहुने भनि निर्णय गरेको हाे। कंसाकारलाई रोक्ने उक्त आदेश बुधबारको इजलासले निरन्तरता नदिएपछि कंसाकारले सांसदका रूपमा शपथ लिने बाटो खुलेको हो।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागेको टेप बाहिरिएपछि रास्वपाले छानविन गरी ढाकाकुमारलाई हटाएको थियो।

श्रेष्ठलाई सांसदबाट हटाइएको सूचना सभामुख देवराज घिमिरेले संसदमा पढेर सुनाएका थिए। त्यसपछि रास्वपाले विन्दवासिनी कंसाकारलाई उनको ठाउँमा समानुपातिक सांसद बनाएको थियो।

रास्वपाको सिफारिसमा कंसाकारलाई निर्वाचन आयोगले सांसद निर्वाचित भएको प्रमाणपत्र दिइसकेको थियो। निर्वाचन आयोगले निर्वाचित भएको प्रमाणपत्र दिएपनि सर्वोच्चको आदेशका कारण शपथ लिन पाएकी थिइनन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर