
‘नेपाली पात्रो’ मा रेडियो तथा अनलाइनसम्बन्धी सहकार्यका लागि यस्ताे छ प्रक्रिया


नेपालको पहिलो कम्युनिटी एप ‘नेपाली पात्रो’ लाखौं नेपालीमाझ चर्चित एप हो। नेपाली पात्रोले पात्रो मात्र नभएर देशभरका विभिन्न नेपाली रेडियोहरू तथा अन्य डिजिटल मिडिायाहरूसँग सहकार्य गर्दै संसारभर छरिएर रहेका नेपालीहरूले आ-आफ्नो क्षेत्रका गतिविधिहरू सुन्न र अनलाइन समाचारहरूसँग अपडेट बस्न सजिलो बनाएको छ।
सो कार्यका लागि कुनै पनि मिडिया र रेडियोले नेपाली पात्रोसँग सजिलै सहकार्य गर्न सक्ने छन्। मिडिया र रेडियोले नेपाली पात्रोका मिडिया म्यनेजर आशिष कार्कीसँग सम्पर्क गरी सहकार्य गर्न सक्ने छन्। विगत १० वर्षभन्दा लामो समयदेखि नेपाली रेडियो तथा डिजिटल मिडियासँग नजिक रहेका कार्कीको नेपाली रेडियोलाई डिजिटल प्रविधिमैत्री बनाउन महत्त्वपूर्ण भूमिका छ।
नेपाली पात्रो एपमा नेपाली तिथिमिति तथा पन्चांगको जानकारी, नेपाली चाडपर्व तथा शुभ साइतको विस्तृत विवरण, तपाईंको दैनिक, साप्ताहिक, मासिक तथा वार्षिक राशिफल, स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार, नेपाली एफएम तथा अनलाइन रेडियोहरू, विदेशी विनिमय दर, सुन-चाँदीको दररेट, मौसम तथा सरकारी बिदाहरू, ज्योतिष परामर्श सेवालगायत अन्य धेरै सुविधाहरू छन्।
नेपाली तथा अंग्रेजी भाषासहितको नेपालका महत्त्वपूर्ण तथा विश्वासिला अनलाइन समाचार स्रोत आबद्ध नेपाली पात्रो नेपाली सञ्चार सामग्रीहरूलाई प्रभावकारी ढंगले धेरैभन्दा धेरै पहुँचमा जोडिरहने पावर टुल्सको रूपमा परिचित नेपालमै उत्पादित पहिलो कम्युनिटी एप हो।
एपसम्बन्धी विस्तृत जानकारी तथा सहकार्यका लागि सम्पर्क गर्न https://nepalipatro.com.np/ मा जानुहाेस्।
प्रतिक्रिया