रेशम चौधरीलाई आममाफी दिने प्रस्ताव फिर्ता पठाए राष्ट्रपतिले

राष्ट्रपति कार्यालयले टीकापुर घटनामा जन्मकैदको सजाय ताेकिएका रेशम चौधरीलाई माफी दिने प्रस्ताव गृह मन्त्रालयमा फिर्ता पठाइदिएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले प्रचलित कानून, यस सम्बन्धमा अदालतबाट भएको फैसला र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तविपरीत नहुने गरी कानूनबमोजिम हुने गरी गर्न भनेर गृहमा फिर्ता पठाइएको बताए।

यसैगरी उनका अनुसार पीडितको तर्फबाट परेको निवेदन पनि आवश्यक कार्यार्थका लागि गृहमा फिर्ता गरिएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर