जसपा संसदीय दलको प्रमुख सचेतकमा प्रदीप यादव

जनता समाजवादी पार्टी, नेपाल (जसपा) को संसदीय दलको प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त भएका छन् । जसपा संसदीय दलका नेता उपेन्द्र यादवले आज प्रदीपलाई प्रमुख सचेतक नियुक्त गरेका हुन् ।

पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका प्रदीप यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारमा वन तथा वातावरणमन्त्री थिए । उनलाई पार्टीको संसदीय दलको विधान, २०७८ को धारा १३ को १ अनुसार सदीय दलको प्रमुख सचेतक नियुक्त गरिएको जसपाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *