खैरो हेरोइन कारोबारमा संलग्न २ भारतीयसहित ६ जना पक्राउ

अवैध लागुऔषध खैरो हेरोइन कारोबार गर्ने नेटवर्कको गिरोहसहित ६ जनालाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले अवैध लागुऔषध खैरो हेराइन कारोबार गर्ने नेटवर्ककको गिरोहसहित ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो।

प्रहरीले जेठ ९ गते काठमाडौंको बौद्ध टुसालस्थित एक होटलबाट लागुऔषध खैरो हेरोइन २० ग्राम, डिजिटल तराजु १ थान र नेपाली रुपैयाँ ७ लाख ४० हजारसहित झापाका २७ वर्षीय किरण कन्दङ्वालाई पक्राउ गरेको थियो। थप अनुसन्धानका क्रममा जेठ ११ गते काठमाडौं महानगरपालिका वडा नम्बर ९ बाट खैरो हेराइन ९४ ग्रामसहित झापाकै २८ वर्षीय विजय लिम्बू, झापाको चन्द्रगढीबाट झापा मेची नगरपालिकाका २९ वर्षीय माधव मेचे र विनोद लिम्बू पक्राउ परे।

यस्तै जेठ १२ गते झापाको भद्रपुर नगरपालिकाबाट खैरो हेराइन १९४ ग्राम ५४० मिलिग्रामसहित भारत पश्चिम बंगाल दार्जीलिङ जिल्लाका २२ वर्षीय शिव घोष र सोही ठेगाना भएकी २६ वर्षीया श्यामला सोरेनलाई पक्राउ गरिएको गरेको प्रहरी उपरीक्षक एवं लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता चक्रराज जोशीले बताए।

उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापामा बुझाइएको छ। यस कारबाहीमा नेपालीलाई लागुऔष खैरो हेराइन उपलब्ध गराउने मुख्य व्यक्ति भारतीय नागरिकहरू समेतलाई पक्राउ गरी कानूनी दायरामा ल्याइएको उनले बताए।

त्यस्तै प्रहरीले लागुऔषध चरेस तीन किलो ६०० ग्रामसहित १ जना नेपालीलाई पक्राउ गरी कारबाही अघि बढाएको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका वडा नम्बर ५ स्थायी ठेगाना भएका ४२ वर्षीय तेम्बा शेर्पा छन्। उनलाई जेठ ११ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइल्याण्ड जाने क्रममा पक्राउ गरिएको हो।

खैरो हेरोइन प्रति १ ग्रामको अवैध बजारमूल्य अन्दाजी १० हजारको दरले ३१२.५४० ग्रामको ३१ लाख २५ हजार ४ सय रहेको छ भने लागुऔषध चरेस प्रति १ किलोग्रामको अवैध बजारमूल्य अन्दाजी ५५ हजारको दरले ३ केजी ६ सय ग्रामको १ लाख ९८ हजार रहेको छ। प्रतिवादीहरूको साथबाट बरामद भएको लागुऔषधको अवैध बजारमूल्य अन्दाजी ३३ लाख २३ हजार ४ सय रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर