जेलबाट छुटे रेशम चौधरी

टीकापुर हत्याकाण्डमा जन्मकैदको सजाय काटिरहेका रेशम चौधरी रिहा भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा उनीसहित १९ जना कैदीलाई आममाफी दिएसँगै उनी रिहा भएका हुन्।

टीकापुर हत्याकाण्डमा तीनै तहको अदालतबाट दोषी ठहर भई जन्मकैद तोकिएका चौधरी सोमबार बिहान रिहा भएका हुन्।

राष्ट्रपतिबाट गणतन्त्र दिवसको अवसरमा आममाफी पाएका उनको स्वागतका लागि श्रीमती एवं नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरी, नेतृ एलिजा गौतमसहित पार्टीका नेता कार्यकर्ता र शुभेच्छुकहरू डिल्लीबजार कारागार पुगेका थिए। उनीहरूले रेशमलाई फूलमालाले भव्य स्वागत गरेका छन्।

उनको स्वागतका लागि आज बिहानैदेखि डिल्लीबजार कारागारमा नेता, कार्यकर्ताको भिड लागेको थियो। तर, सामाजिक सञ्जालमा भने सरकारको यस निर्णयको चौतर्फी विरोध भइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *