भ्रष्टाचारविरुद्ध युद्ध नै छेड्नुपर्ने हुन्छ : मन्त्री किराती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भ्रष्टाचारविरुद्ध युद्ध नै छेड्नुपर्ने बताएका छन्।

ठूल्ठूला भ्रष्टाचारीहरूलाई ‘ठूला माछा’ को संज्ञा दिँदै मन्त्री किरातीले उनीहरूलाई पक्राउ गर्नका लागि पनि भ्रष्टाचारविरोधी अभियानलाई तीव्रता दिनुपर्ने बताएका हुन्।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले जनताको दबाबमा केही ठूला भ्रष्टाचारी पक्राउ परे पनि त्यसका नायकहरूलाई भने खोज्नुपर्ने बताए।

मन्त्री किरातीले शहीदहरूमाथि अपमान हुन नदिन पनि भ्रष्टाचारविरुद्धको अभियानलाई गतिका साथ अघि बढाउनुपर्ने बताए।

मन्त्री किरातीले मुलुकलाई समृद्धिको यात्रातर्फ अगाडि बढाउनका लागि ललितकलाको भूमिका महत्त्वपूर्ण हुने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर