प्रधानमन्त्रीको भारत भ्रमणमा परराष्ट्र, ऊर्जा र यातायातसहित पाँच जना मन्त्री सहभागी हुने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आसन्न भारत भ्रमणमा पाँच जना मन्त्री पनि सहभागी हुने भएका छन्।

जेठ १७ देखि २० गतेसम्म हुने चारदिने भारत भ्रमणमा प्रधानमन्त्रीका साथ भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री नारायणप्रसाद साउदसहित पाँच जना मन्त्रीहरू जाने भएका हुन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भारत भमण स्वीकृत गरेको छ।

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्रीको भारत भ्रमणमा जाने टोली निर्माण भएको जानकारी दिइन्।

यस्तै बैठकले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट संसदमा प्रस्तुत गर्न स्वीकृति दिएको पनि उनले बताइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर