बजेट २०८०/०८१

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको बजेट ८७ अर्ब ४५ करोड

सरकारले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका लागि ८७ अर्ब ४५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ का लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका लागि ८७ अर्ब ४५ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताए।

सरकारले ऊर्जा मन्त्रालयको बजेट चालु आर्थिक वर्षको भन्दा २१ अर्ब रुपैयाँले कम विनियोजन गरेको छ।

अर्थमन्त्री महतले सरकारले एक वर्षमा ९ सय मेगावाट विद्युत उत्पादन गर्ने बताए। उनले आगामी दुई वर्षभित्र शतप्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुर्‍याउने बताए।

उनले राष्ट्रिय प्रसारणलाइन नपुगेका दुर्गम क्षेत्रका घरधुरीमा लघु तथा साना जलविद्युत र सौर्य तथा वायुजस्ता नवीकरणीय ऊर्जा प्रविधिको विस्तार गरिने बताए। उनले एक वर्षभित्र नौ सय मेगावाट विद्युत राष्ट्रिय प्रसारणलाइनमा थप गरिने बताए।

उनले आयातित इन्धनको परिमाणलाई उल्लेख्य रूपमा घटाउने गरी प्रतिव्यक्ति विद्युत खपत वृद्धि गरी ४ सय ५० किलोवाट प्रतिघण्टा पु¥याइने बताए।

उनले नेपाल विद्युत प्राधिकरणबाट प्रवर्द्धित १ सय ११ मेगावाटको रसुवागढी, १०२ मेगावाटको मध्य भोटेकोशी, ४२.५ मेगावाटको सान्जेन तथा निजी लगानीकर्ताबाट प्रवर्द्धित जलविद्युत र सोलार आयोजना सम्पन्न १ गरी आगामी आर्थिक वर्षमा करिब ९ सय मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा थप गरिने बताए।

उनले रणनीतिक महत्त्व रहेको पश्चिम सेती जलविद्युत परियोजना, सेती रिभर ६, तल्लो अरुणलगायतका जलविद्युत आयोजनाको परियोजना विकास सम्झौता गरी निर्माण कार्य अघि बढाइने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर