बजेटको समर्थन गर्न सकिँदैन : प्रेम सुवाल

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले प्रस्तुत गरेको बजेट चुरे दोहन गर्ने किसिमको रहेकाले समर्थन गर्न नसकिने बताएका छन्।

उनले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सो कुरा भनेका हुन्।

उनले बजेटमा मलखादको प्रत्याभूति नगरिएको बताए। उनले सूचना प्रविधिमा विदेशी पुँजी ल्याउने कुरा उपयुक्त नहुने बताए।

उनले सार्वजनिक संस्थाहरू कसरी चलाउने भन्ने विषय राम्रोसँग नआएको बताए।

सांसद सुवालले शिक्षा १२ कक्षासम्म निःशुल्क गर्ने कुरा आउन नसकेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर