
बजेट २०८०/०८१
ज्येष्ठ नागरिक अस्पताल निर्माण गर्ने सरकारको घोषणा


सरकारले ज्येष्ठ नागरिक अस्पताल निर्माण गर्ने भएको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार संघीय संसदको संयुक्त बैठकमा काठमाडौंको गोठाटारमा ४५ बेडसहितको ज्येष्ठ नागरिक अस्पताल निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गरिएको बताएका हुन्।
त्यसैगरी बजेटमा हिंसापीडित महिलाका लागि भक्तपुरको सूर्यविनायकमा मंगला-सहाना पुनःस्थापना केन्द्र निर्माण गरिने उल्लेख गरिएको छ। बालश्रम शोषण अन्त्य गर्ने कार्यक्रम पनि बजेटमा समावेश गरिएको छ। ८ वटा बाल सुधारगृहको मर्मत सम्भारका लागि पनि बजेटको व्यवस्था गरिएको छ।
अर्थमन्त्री महतले ज्येष्ठ नागरिकहरूको ज्ञान, सीप र अनुभव नयाँ पुस्तालाई हस्तान्तरण गर्नका लागि अन्तर पुस्तान्तरण कार्यक्रम सञ्चालन गर्ने पनि बताए।
प्रतिक्रिया