प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संसदीय सुनुवाइ समितिलाई सभामुखको आग्रह

राष्ट्रियसभा अध्यक्ष भन्छन्- संसदीय सुनुवाइ समितिले संवैधानिक परिषद्ले गरेको नियुक्तिलाई समेत रोक्ने हैसियत बनाउनुपर्छ

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अगाडि बढाउन संसदीय सुनुवाइ समितिलाई आग्रह गरेका छन्।

मंगलबार बसेको समितिको बैठकमा बोल्दै सभामुख घिमिरेले प्रधानन्यायाधीश नियुक्तिको सन्दर्भमा समितिमा पत्रसमेत आएर बसेको उल्लेख गर्दै नियुक्ति प्रक्रिया अगाडि बढाउन आग्रह गरेका हुन्।

उनले समितिले गर्ने कार्यसम्पादनहरू छिटोभन्दा छिटो गरी जिम्मेवारीका साथ भूमिका निर्वाह गर्न समिति सदस्यहरूलाई आग्रह गरे।

त्यसैगरी समिति बैठकमा बोल्दै राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कुनै नियुक्तिमा संवैधानिक परिषद्ले समेत त्रुटि गर्न सक्ने भन्दै सो त्रुटिलाई संसदीय सुनुवाइ समितिले सच्याउनुपर्ने बताए।

उनले नियुक्ति प्रक्रियामा भएका कमी-कमजोरीहरूमा समितिले आँखा चिम्लिन नहुने बताए।

उनले संसदीय सुनुवाइ समितिले संवैधानिक परिषद्ले गरेको नियुक्तिलाई समेत रोक्ने हैसियत बनाउनुपर्ने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर