धादिङमा भिरबाट लडेर आमा-छोराको मृत्यु

धादिङमा भिरबाट लडेर आमा-छोराको मृत्यु भएको छ। बेनिघाट रोराङ गाउँपालिका-२ की १९ वर्षीया अप्सरा चेपाङ र उनका दुई वर्षीय छोरा साजनको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार सोमबार घर नजिकै जंगलमा छोरा बोकेर घाँस काट्न गएकी अप्सरा भिरबाट लडेकी हुन्। दुवै जनाको उपचारका क्रममा मलेखु शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर