भारतमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु, ५५ घाइते

भारतको जम्मु-श्रीनगर राष्ट्रिय राजमार्गमा आज बिहान एउटा बस गहिरो खाडलमा खस्दा कम्तीमा १० जनाको मृत्यु भएको छ भने करिब ५५ जना घाइते भएका छन्। शवहरू शल्य परीक्षणका निम्ति अस्पताल पठाइएका छन्।

सरकारी अधिकारीहरूका अनुसार बस अमृतसरबाट कटरातर्फ गइरहेको थियो। घाइते सबै यात्रीलाई उद्धार गरिएको जम्मुका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) चन्दन कोहलीले बताएका छन्। त्यहाँ उद्धारको काम पनि पूरा भएको छ। सबै घाइतेलाई अस्पताल पुर्‍याइएको छ। उद्धारमा अर्धसैनिक टोली र राज्य विपद् प्रतिक्रिया विभागका कर्मचारीले प्रहरीलाई सघाएका थिए।

बसले क्षमताभन्दा बढी यात्री बोकेको प्रहरीले बताएको छ। त्यस सम्बन्धमा अनुसन्धान गरिने एसएसपी कोहलीले बताए। बसमा विहार राज्यबाट आएका यात्रीका साथै अमृतसरका मानिस पनि सवार थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *