महोत्तरीमा पेस्तोल देखाएर बैंकबाट लुटियो ३५ लाख

महोत्तरीमा पेस्तोल देखाएर अज्ञात समूहले बैंक लुटेका छन्।

मंगलबार मध्याह्न साढे १२ बजेतिर महोत्तरी गाउँपालिका-२, महोत्तरीबजारस्थित एनएमबी बैंकको शाखामा लुटपाट भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार ४ जनाको समूहले कर्मचारीलाई पेस्तोल देखाएर बैंकबाट रकम लुटेका हुन्।

बैंकले करिब ३५ लाख रुपैयाँ लुटिएको प्रारम्भिक अनुमान गरेको छ।

सीसीटीभी फुटेजमा देखिएअनुसार लुटेराहरूले मास्क लगाएर पेस्तोल बोकेको देखिन्छ।

बैंक लुटेपछि उनीहरू मोटरसाइकलमा भागेको जनाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर