दरबार हत्याकाण्ड र गौर हत्याकाण्डको अनुसन्धान गर्छौं : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले दरबार हत्याकाण्डको अनुसन्धान गरी निस्कर्षमा पुर्‍याउने बताएका छन्।

मंगलबार नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालय पेरिसडाँडामा भएको माओवादी सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

उनले ठूला हत्याकाण्डका नामले परिचित दरबार हत्याकाण्ड, गौर हत्याकाण्डलगायतका हत्याकाण्डहरूको अुनसन्धान गरी निचोडमा पुग्ने बताए।

उनले २०४६ सालको जनआन्दोलनपछिका सबै उच्चपदस्थ अधिकारीका सम्पत्ति विवरणको बारेमा खोजिनीति गर्ने पनि प्रतिबद्धता व्यक्त गरे।

उनले भ्रष्टाचारका काण्ड र ठूला हत्याकाण्डका बारेमा अनुसन्धान गरी निस्कर्षमा पुर्‍याउनुपर्ने र नागरिकलाई यसबारेका शंकाहरूको छिनोफानो गर्नुपर्ने आवश्यकता रहेको बताए।

प्रधानमन्त्री दाहालले आफ्नो बुधबारबाट हुने भारत भ्रमणका क्रममा विद्युतको बजार क्षमताको ग्यारेन्टी हुने गरी छलफल गर्ने बताए।

उनले भारत भ्रमणमा सीमानाका विवादको समाधान गर्ने उपाय खोज्ने र विश्वासको वातावरण बनाउन पहल गर्ने बताए।

उनले आफू अहिले युवा अवस्थाको भन्दा बढी खटिरहेको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर