सांसद विकास कोषको अर्थमन्त्रीले गरे बचाउ

अर्थमन्त्री डा. प्रकाशशरण महतले सांसद विकास कोष ब्युँताएर सांसदहरूलाई व्यक्तिगत रूपमा पैसा दिएको जस्तो विश्लेषण गर्न नमिल्ने बताएका छन्।

मंगलबार अर्थ मन्त्रालयमा आर्थिक वर्षको २०८०/०८१ को बजेटका सम्बन्धमा आयोजित पत्रकार मम्मेलनमा सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिँदै उनले सो कुरा बताएका हुन्।

मन्त्री महतले सरकारले अहिले व्यक्तिगत रूपमा सांसदहरूलाई पैसा बाँडेको जस्तो प्रचार भइरहेको बताए। उनले सांसद विकास कोषको ५ करोड बजेट सांसदहरूले नभएर सम्बन्धित निकायले कार्यान्वयन गर्ने बताए।

उनले विगतको जस्तो उपभोक्ता समिति बनाएर आयोजना बनाउने नभई ठेक्का प्रक्रियामार्फत आयोजनाको काम हुने बताए। उनले उक्त कोषमा सांसदहरूको भूमिका पैसा खर्च गर्ने नभई आफ्नो निर्वाचन क्षेत्रको आयोजनाहरूको सिफारिस र आयोजना कार्यान्वयन भए/नभएको अनुगमनमा हुने बताए।

उनले सरकारले जनताको चाहना र आवश्यकताअनुसारका १ करोडभन्दा माथिका आयोजनामा खर्च गर्ने गरी सांसद विकास कार्यक्रमलाई अगाडि बढाएको बताए। उनले सरकारले बजेट विनियोजन गर्दा छुट्याएका बजेट निश्चित क्षेत्रमा खर्च हुने भन्दै १६५ क्षेत्रमा आवश्यकताअनुसार विकास निर्माणको काम गर्नका लागि सांसद विकास कार्यक्रम ल्याएको बताए।

अर्थमन्त्री महतले सरकारले १६५ निर्वाचन क्षेत्रमा नै समानुपातिक रूपमा योजना जाओस् भन्ने लक्ष्यका साथ संसदीय विकास कार्यक्रम राखिएको स्पष्ट पारे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर