‘ए’ डिभिजन लिग : जावलाखेलसँग आर्मी पराजित

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजको खेलमा जावलाखेल युथ क्लब विजयी भएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा जावलाखेलले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २-० गोल अन्तरले पराजित गरेकाे हाे। जावलाखेलको जितमा एनकोटो मासोबीले दुई गोल गरे। उनले खेलको ५५ औं मिनेटमा गोल गर्दै जावलाखेललाई पहिलो अग्रता दिलाए।
त्यसपछि खेलको ७८ औं मिनेटमा मोसाबीले व्यक्तिगत दोस्रो गोल गर्दै जावलाखेललाई २-० को जित दिलाए। जावलाखेल २३ खेलमा ३७ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। समान खेल खेलेको आर्मी ३० अंकका साथ अंक तालिकाको पाँचौं स्थानमा रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर