नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्चमा रिट

नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट पेस भएको छ । यद्यपि, रिट दर्ता भने भइसकेको छैन ।

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीलगायतले बिहीबार नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरणको विरुद्ध रिट पेस गरेका हुन् । रिटमा नागरिक विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णय खारेज गर्न माग गरिएको छ ।

यस्तै, नागरिकतासम्बन्धी कानुन संसदीय प्रक्रियाअनुसार बनाउन माग पनि गरिएको छ । नागरिकता विधेयकसम्बन्धी समस्यालाई अध्ययन गरी दीर्घकालीन समाधान गर्नू भन्ने आदेश माग गरिएको छ । राष्ट्रपति पौडेलले बुधबार नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर