नेपाल र भारतबीच ७ सम्झौतामा हस्ताक्षर

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको टोलीले भारतसँग ७ क्षेत्रमा सम्झौता गरेको छ । बिहीबार भएको सम्झौतामा तल्लो अरुण, फुकोट कर्णाली, पेट्रोलियम पाइपलाइन, क्रस बोर्डर पेमेन्ट लगायत छन् ।

प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा उक्त सम्झौताबारे जानकारी दिइएको थियो ।

नेपाल भारत पारवहन सम्झौता नवीकरण, सिमापार पेट्रोलियम पाइपलाइनलाई अमलेखगञ्जबाट चितवनसम्म ल्याउने र सिलिगुडीबाट झापा सम्म पुर्‍याउने सहमति भएको छ ।

त्यस्तै परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र सुषामा स्वराज इन्सटिच्यूटबीच सहकार्य गर्ने, चाँदनी दोधारामा एकीकृत जाँच चौकी बनाउने, तल्लो अरुणको पिडिए गर्ने र फुकोट कर्णाली भारतीय कम्पनीले बनाउने सहमति भएको छ । त्यस्तै डिजिटल पेमेन्ट सम्झौता पनि भएको छ ।

यस्तै, पत्रकार सम्मेलनमा प्रचण्ड र मोदीले भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्मको रेलवे सेवाको उद्घाटन गरेका छन् । दुई देशका प्रधानमन्त्रीले स्वीच थिचेर रलवे र कार्गो रेल उद्घाटन गरेका हुन् ।

दुवै प्रधानमन्त्रीले भारत सरकारको सहयोगमा निर्माण गरिएको नेपालगञ्ज सुख्खा बन्दरगाहको पनि उद्घाटन गरेका छन् । उद्घाटनपछि भारततर्फबाट नेपाल आएका कन्टेनर नेपाली सुख्खा बन्खाबन्दरगाह प्रवेश गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर