नेपाल–भारत संयुक्त पत्रकार सम्मेलनमा मोदीले के भने ?

भारतको नयाँ दिल्लीमा आज नेपाल र भारतको संयुक्त पत्रकार सम्मेलन आयोजना गरिएको छ । सम्मेलनमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत उच्च पदाधिकारी सहभागी थिए ।

दुई देशबीचको द्विपक्षीय वार्तापछि भारत र नेपालका प्रधानमन्त्रीले नयाँ दिल्लीमा पत्रकार सम्मेलनलाई सम्बोधन गरेका छन् ।

सम्मेलनमा प्रधानमन्त्री मोदीले भने–

–हामी हाम्रो सम्बन्धलाई हिमालयको उचाइमा पु¥याउने कामलाई निरन्तरता दिनेछौं र त्यही भावनामा हामी सीमा वा अन्य कुनै पनि समस्याको समाधान गर्नेछौं ।
आज प्रधानमन्त्री प्रचण्ड जी र मैले हाम्रो साझेदारीलाई भविष्यमा सुपरहिट बनाउन धेरै महत्वपूर्ण निर्णयहरू लिएका छौं ।

–आज पारवहन सम्झौता सम्पन्न भएको छ । यसमा नयाँ रेलमार्गसँगै नेपाली जनताका लागि भारतको आन्तरिक जलमार्गको सुविधाको समेत व्यवस्था गरिएको छ ।

–मलाई याद छ, ९ वर्षअघि २०१४ मा पदभार ग्रहण गरेको तीन महिनाभित्र मैले पहिलो पटक नेपाल भ्रमण गरेको थिएँ । त्यसबेला मैले भारत–नेपाल सम्बन्धको ‘हिट’ सूत्र दिएको थिएँ– राजमार्ग, आइ–वेज र ट्रान्स–वेज ।

–मैले भनेको थिएँ कि हामी भारत र नेपालबीच यस्तो सम्पर्क स्थापित गर्नेछौं कि हाम्रो सीमा हाम्रा बीचमा अवरोध नहोस् ।

–नेपाल र भारतबीचको धार्मिक र सांस्कृतिक सम्बन्ध निकै पुरानो र बलियो छ । यो सुन्दर कडीलाई थप सुदृढ गर्न प्रधानमन्त्री प्रचण्डजी र मैले रामायण सर्किटसँग सम्बन्धित परियोजनाहरूलाई तीव्रता दिने निर्णय गरेका छौं ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर