भारतले १० वर्षमा नेपालबाट १० हजार मेगावाट विद्युत् लैजाने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत् आयात गर्ने प्रतिबद्धता जनाएका छन् । बिहीबार नयाँदिल्लीमा आयोजित नेपाल–भारतको संयुक्त पत्रकार सम्मेलनमा मोदीले विद्युत् आयातबारे जानकारी दिएका हुन् ।

‘दीर्घकालीन विद्युत् व्यापार सम्झौता गरेका छौं, जसअन्तर्गत आउँदो १० वर्षमा नेपालबाट १० हजार मेगावाट विद्युत् आयात गर्ने लक्ष्य राखेका छौं,’ मोदीले भने । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच दीर्घकालीन विद्युत व्यापार सम्झौता भएको हो ।

यस्तै, भारतले फोकोट–कर्णाली र तल्लो अरुण निर्माण गर्ने सम्झौता समेत भएको छ । सम्मेलनमा प्रधामन्त्री प्रचण्डले बंगलादेशमा विद्युत् निर्यात गर्नेबारे चाँडै तीन देशबीच औपचारिक सहमति हुने पनि बताएका छन् ।

‘भारतको बाटो हुँदै बंगलादेश बिद्युत् निर्यात गर्ने कुरामा मोदीजी सकारात्मक हुनुहुन्छ। चाँडै नै तीन देशबीच समझदारी हुने विश्वास छ,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर