चलचित्र क्षेत्रलाई सरकारले उपेक्षा गर्‍यो : भुवन केसी

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले फिल्म क्षेत्रलाई सरकारले उपेक्षा गरेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले बोर्डले आवश्यक ठानेर पठाएको मागलाई सरकारले बजेटमा बेवास्ता गरेको बताए ।

‘नेपाली चलचित्रको प्रवर्द्धनका लागि स्टुडियो बनाउने कुराले खुसी बनाए पनि बोर्डले विज्ञ र सम्बन्धित संस्थाहरूसँग छलफल गरी बजेट निकासा गर्न आग्रह गरेको फाइलअनुसार अर्थ मन्त्रालयले चलचित्र क्षेत्रका लागि बजेट छुट्टाएन,’ केसीले भने ।

बजेटमा सरकारले विदेशी फिल्म आयात गर्दा पाँच प्रतिशत कर लगाउन आफूहरुले सुझाव दिएको तर एक प्रतिशत मात्रै कर लगाउनेगरी बजेट आएकोमा उनले असन्तुष्टि जनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *