प्रधानमन्त्री दाहाल इन्दौरमा, स्वागतका लागि पुगे मुख्यमन्त्री चौहान

भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मध्य प्रदेशको इन्दौर पुगेका छन्।

हवाईमार्गबाट शुक्रबार बिहान इन्दौरको देवी अहिल्याबाई होल्कर विमानस्थल पुगेका प्रधानमन्त्री दाहाललाई मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानलगायत सरकारी अधिकारीले स्वागत गरे।

सो अवसरमा विमानस्थल बाहिर प्रधानमन्त्री दाहाललाई स्थानीय सांस्कृति झाँकीले स्वागत गरिएको थियो। सडकमा उभिएका सयौँ नागरिकले नेपाल र भारतको झण्डा फहराएर सम्मान प्रकट गरेका थिए। विमानस्थलबाहिरका सडकमा ‘तपाईंलाई स्वागत छ’ लेखिएका ब्यानर राखिएका थिए ।

प्रधानमन्त्री दाहाल यसपछि सडकमार्गबाट उज्जैन प्रस्थान गर्नेछन्। उज्जैन पुगेपछि उनले महाकालेश्वर मन्दिरमा विशेष पूजाअर्चना गर्ने कार्यक्रम छ। त्यस्तै उनले महाकाल करिडरको अवलोकन पनि गर्नेछन्।

सोपश्चात् दाहाल फेरि सडकमार्गबाट इन्दौर फर्कनेछन्। त्यहाँ मध्य प्रदेशका राज्यपाल मंगूभाई पटेलले दाहालसँग शिष्टाचार भेट गर्नेछन्।

प्रधानमन्त्री दाहालले इन्दौरको सलिड वेस्ट म्यानेजमेन्ट सिस्टमको अवलोकन गर्ने कार्यक्रम पनि छ।

साँझ ७ बजे दाहाल आफ्नो सम्मानमा मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले आयोजना गरेको रात्रिभोजमा सहभागी हुनेछन्।

भ्रमणको अन्तिम दिन शनिबार बिहान उनले टाटा कन्सलटेन्सी सर्भिस र इन्फोसिस स्पेशल इकोनोमी जोनको अवलोकन गर्ने कार्यक्रम छ।

त्यस दिन दिउँसो २ बजे उनी दिल्ली फिर्ता हुनेछन्। शनिबार अपराह्न ४ः२० बजे दाहाल दिल्ली एयरपोर्टबाट काठमाडौं फर्कनेछन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर