प्रधानसेनापति शर्माले गरे काजी वंशराज पाँडे सत्तलको उद्घाटन

नेपाली सेनाको द्रुत प्रभाव परियोजना (क्यूआईपी) अन्तर्गत उपत्यका पृतना हेडक्वार्टरले चन्द्रागिरि नगरपालिका-१, दहचोकस्थित मनकामना मन्दिर परिसरमा निर्माण गरेको काजी वंशराज पाँडे सत्तलको उद्घाटन भएको छ। सत्तलको शुक्रबार प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गरेका हुन्।

पृथ्वीनारायण शाहको अगुवाइमा भएको नेपाल एकीकरण अभियानअन्तर्गत कीर्तिपुरको लडाइँमा वि.सं. १८१४ जेठ १९ गते काजी कालु पाँडेले वीरगति प्राप्त गरेका थिए। उनको स्मृति दिवसका अवसरमा प्रधानसेनापति शर्माले सोही स्थानमा रहेको उनको स्मारकमा माल्यार्पण पनि गरे।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठ, चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, बलाधिकृत रथी सरोजप्रताप राणा, बलाध्यक्ष रथी सीताराम खड्का, रथी, अधिकृत, स्थानीय जनप्रतिनिधिहरूका साथै काजी कालु पाँडे काजी तुलाराम पाँडे स्मृति प्रतिष्ठानका पदाधिकारीहरूको उपस्थिति थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर