कामको प्रचारबाजी गर्ने पक्षमा म छैन : मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आफूले गरेका कामको प्रचारबाजी गर्ने पक्षमा नरहेको बताएका छन्।

शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन्।

उनले आफू प्रचारबाजीभन्दा पनि जरो समातेर रोग पत्ता लगाई उपचार गर्ने पद्धतिमा रहेको बताए।

उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफूलाई अस्पतालमा विपन्नहरूलाई निःशुल्क उपचार गर्न आग्रह गर्दै भेट गरे पनि भेट भइसकेपछि भने चेतावनीको रूपमा सामाजिक सञ्जालमा स्टाटस लेखेको बताए।

उनले मेयर शाहलाई आफूले एक हप्ताभित्र काम गरेर देखाउने वचन दिएको र सोहीअनुसार आफूले प्रमाणित गरेको बताए।

मन्त्री बस्नेतले कसैको सुझावका भरमा सुर्तीजन्य पदार्थमा कर नबाढएको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *