राष्ट्रिय रग्बी सेभेन्स शनिबारबाट

बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा बागमती राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । राजधानीमा शुक्रबार आयोजक नेपाल रग्बी संघले पत्रकार सम्मेलन गरेर शनिबार र आइतबार हुने दुई दिने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।

प्रतियोगिता भक्तपुरस्थित मध्यपुर युथ क्लबको खेल मैदानमा आयोजना हुनेछ । प्रतियोगितामा ७ महिला र ७ पुरुष गरी १४ टिमले सहभागिता जनाउने छन् । प्रतियोगितामा नेपालमा रहेका सातवटा प्रदेशमध्ये कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश गरी ५ प्रदेशको सहभागिता र ३ वटा विभागीय टिमहरु त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस र नेपाल एपीएफ क्लबले सहभागी हुनेछन् । तर, पुरुषमा लुम्बिनी र महिलामा पुलिस क्लब सहभागी हुने छैनन् ।

प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार पाउनेछन् । प्रतियोगिताबाट नेपाल रग्वी संघले कतारमा सञ्चालन हुन गइरहेको एसिया रग्वी सेभेन्स महिला तथा पुरुष प्रतियोगिता र चीनमा हुने एशियन गेम्स–२०२२ का लागि राष्ट्रिय महिला तथा पुरुष टिम छनोट गरिने संघले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर