ओडिशा रेल दुर्घटनाप्रति प्रधानमन्त्री दाहालद्वारा दुःख व्यक्त

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतको ओडिशामा भएको रेल दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।

भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत दुर्घटनाप्रति दुःख व्यक्त गरेका हुन्।

उनले भनेका छन्, ‘यस दुःखको घडीमा म प्रधानमन्त्री श्री नरेन्द्र मोदीजी, सरकार र शोकसन्तप्त परिवारहरूप्रति गहिरो समवेदना प्रकट गर्दछु।’

पूर्वी क्षेत्रमा पर्ने ओडिशा राज्यको बालासोरमा शुक्रबार साँझ तीनवटा रेल एकआपसमा ठोक्किँदा हालसम्म २८८ जनाको मृत्यु भएको छ भने १००० जनाभन्दा धेरै घाइते भएको अधिकारीहरूले जनाएका छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर