आज स्वदेश फर्कँदै प्रधानमन्त्री

भारतको चारदिने औपचारिक भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कँदै छन्। उनी दिल्ली एयरपोर्टबाट अपराह्न ४:२० बजे नेपाल एयरलाइन्सको विमानमार्फत काठमाडौंका लागि उड्नेछन्।

प्रधानमन्त्री दाहाल शुक्रबार मध्यप्रदेशको इन्दौर पुगेका थिए। इन्दौरमा विशेष आर्थिक क्षेत्र तथा फोहोरमैला व्यवस्थापन केन्द्रको भ्रमण सकेर उनी आजै दिल्ली फर्कनेछन्।

जेठ १७ गते भारत गएका प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति जगदीप धनखड, प्रधानमन्त्री नरेन्द्र मोदी, सुरक्षा निकायका अधिकारीहरू, उद्योगी व्यवसायीलगायत विभिन्न क्षेत्रका उच्च पदस्थ व्यक्तिहरूसँग भेटवार्ता गरेका थिए।

उनले १८ गते भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए। त्यस क्रममा भारत र नेपालबीच विभिन्न ७ विषयमा सम्झौता भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर