कांग्रेस विधि र नियममा चल्न सकेन : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विधि र नियममा नचलेको बताएका छन्। शनिबार नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

उनले नियम र विधिबाट पार्टी सञ्चालन हुनुपर्ने भन्दै विधिसम्मत रूपमा पार्टी नचल्दा नै असन्तोष व्यक्त भइरहेको बताए। उनले अबको समयमा पार्टीलाई विधिसम्मत रूपमा अघि बढाउने हो भने कांग्रेसले कुनै पनि पार्टीको चुनौतीलाई सहनु नपर्ने बताए।

उनले कांग्रेसजस्तो राम्रो विचारधारा भएको अन्य कुनै पार्टी नरहेको जिकिर गरे।

नेता सिंहले जननिर्वाचित प्रतिनिधि र संगठनका नेताहरूबीच समन्वय हुन आवश्यक देखिएको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर