पार्टी सभापतिको रूपमा मेरो यो अन्तिम कार्यकाल हो, अब युवाको पालो : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा कसैको विरोध गरेर पार्टी ठूलो नबन्ने बताएका छन्। शनिबार नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले कुनै एक व्यक्तिलाई गाली गरेर पार्टी ठूलो नबन्ने बताए। उनले आफ्नो सभापतिमा रहेर काम गर्ने कार्यकाल यो नै अन्तिम रहेको भन्दै अब युवा पुस्ताकै पालो भएको बताए।

उनले पार्टीका लागि काम गरेर पार्टीलाई बलियो बनाउन कसैले पनि नरोकेको स्पष्ट पारे। उनले पार्टी बलियो बनाउन जनताको काँधमा काँध मिलाई जनसम्पर्क विस्तार गर्नुपर्ने बताए।

उनले आफूले नेपाली कांग्रेसलाई अहिले देशको ठूलो पार्टी बनाएको बताए। देउवाले सबै एकजुट भएर लागे मात्रै पार्टीलाई बलियो बनाउन सकिने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर