रग्बीको माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सकिन्छ : मन्त्री लिम्बू

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले रग्बीबाट नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सकिने बताएका छन्।

भक्तपुरस्थित सानोठिमी चौरमा आजबाट आयोजना भएको राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिताको उद्घाटनपछि बोल्दै मन्त्री लिम्बूले सगरमाथाको देश, बुद्धको देशबाट नेपाल अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाए जस्तै रग्बीले पनि अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउन सक्ने बताएका हुन। त्यसका लागि सबै एकजुट भएर लाग्नुपर्ने उनको भनाइ छ।

वाग्मती प्रदेश खेलकुद विकास परिषद्को आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा दुई दिने प्रतियोगितामा ७ महिला र ७ पुरुष गरी १४ टिमले सहभागिता जनाएका छन।सातवटा प्रदेशमध्ये कोशी प्रदेश, मधेस प्रदेश, वागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश गरी ५ प्रदेशको सहभागिता र ३ वटा विभागिय टिमहरू त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस र नेपाल एपीएफ क्लबको सहभागिता रहेको छ । पुरुषमा लुम्बिनी र महिलामा पुलिस क्लब सहभागी भएका छैनन्।

प्रतियोगिताका विजेताले ५० हजार र उपविजेताले २५ हजार पाउनेछन्। प्रतियोगिताबाट नेपाल रग्बी संघले कतारमा सञ्चालन हुन गइरहेको एशिया रग्बी सेभेन्स महिला तथा पुरुष प्रतियोगिता र चीनमा हुने एशियन गेम्सका लागि राष्ट्रिय महिला तथा पुरुष टिम छनोट गरिने संघले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर