भारतको चारदिने औपचारिक भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री

भारतको चारदिने औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएका छन्।

शनिवार साँझ सवा ६ बजे उनीसहितको टोली चढेको नेपाल एयरलाइन्सको जहाज काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो।

प्रधानमन्त्री दाहाललाई अपराह्न नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थमा भारतीय विदेश मन्त्रालयकी राज्यमन्त्री मनाक्षी लेखीले उनलाई बिदाइ गरेकी थिइन्।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीसँग ‘वान टु वान’ भेटवार्ता र प्रतिनिधिमण्डलस्तरीय छलफल गरेका थिए। भ्रमणकै क्रममा प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति दौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग पनि शिष्टाचार भेटवार्ता गरेका थिए।

भ्रमणका क्रममा नेपाल-भारतबीच ऊर्जा व्यापार सम्झौता, पारवहन सन्धि नवीकरण, अन्तरदेशीय प्रसारण लाइन निर्माणलगायतका विभिन्न सम्झौता एवं समझदारी भएका छन्। प्रधानमन्त्री दाहाल यही जेठ १७ गते औपचारिक भ्रमणका लागि भारत प्रस्थान गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *