भारतीय अभिनेत्री भाग्यश्री नेपालमा

काठमाडाैंमा आयोजना हुने एक समारोहमा सहभागी हुन भारतीय अभिनेत्री भाग्यश्री नेपाल आएकी छन्।

आज दिउँसो त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले नेपाल आउँदा खुसी लागेको प्रतिक्रिया दिइन्। ‘म नेपाल पहिले पनि आएकी थिएँ। मैले कुनै चाडपर्वको समयमा सपरिवार यहाँ आउने सोच बनाएकी छु,’ उनले भनिन्, ‘मेरा चलचित्र आइरहेका छन्। हेर्नुस् र माया गरिदिनुस्।’

उक्त समारोहमा सहभागी हुन भारतीय कलाकार रञ्जीन, विन्दु दाह्रा सिंह, कमेडियन ध्वनी पवारलगायत नेपाल आइसकेका छन्। भारतको प्रतिष्ठित अवार्ड ‘क्याप्टिभेटिङ क्रियसन अवार्ड’ मा सहभागी उनीहरू नेपाल आएका हुन्। यो अवार्डको छैटौं संस्करण हो। यसअघि भारतमा आयोजना भएको अवार्ड समारोह यसपटक भने नेपालमा आयोजना हुँदैछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर