क्याप्टेन लामाको अनुभव सुनेपछि एयर होस्टेस बन्न चाहने किशोरीहरू उत्साहित

क्याप्टेन विजय लामाको हवाई उड्डयन क्षेत्रका अनुभव र करियरबारेको सेमिनारमा सहभागी एयर होस्टेस पढ्न चाहने किशोरीहरू लामाकाे अनुभव सुनेर उत्साहित बनेका छन्। शनिबार नेपाल हाउसको सभाहल बालुवाटारमा नेपाल एयर होस्टेस एकेडेमीले आयोजना गरेको निःशुल्क सेमिनार कार्यक्रममा बोल्दै क्याप्टेन लामाले सहभागीहरूलाई आफ्नो अनुभव सुनाएका थिए। उक्त कार्यक्रममा कोरियोग्राफर रोजिन शाक्यले व्यक्तित्व विकासको तालिम दिएका थिए भने एकेडेमीकी चिफ इन्टक्टर निता थापाको पनि सहभागिता थियो।

करिब ७० जना किशोरीहरूमाझ क्याप्टेन लामाले आफ्नो हवाई उडानको अनुभव सुनाएका थिए। उनले अनुभव सुनाउँदै भने, ‘जीवनमा डर हुनुपर्छ तर डरकै भरले जीवनलाई सहज बनाउनुपर्छ।’

करिब दुई घण्टासम्म चलेको सेमिनारमा क्याप्टेन लामाका साथै चलचित्र ‘अन्तिम संस्कार’ को टिम पनि सहभागी थियो। उक्त चलचित्रमा लामा पनि प्रमुख भूमिकामा रहेका छन्। सेमिनारको अन्त्यमा सो टिमलाई नेपाल एयर होस्टेस एकेडेमीको तर्फबाट एकेडेमीकी सञ्चालिका रेजिना तुलाधरले मायाको चिनो पनि प्रदान गरेकी थिइन्।

नेपाल एयर होस्टेज एकेडेमीले विगत १० वर्षदेखि काठमाडौंमा रहेर उत्कृष्ट तालिम दिइरहेको छ भने सयौंका संख्यामा युवा युवतीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमान कम्पनीमा रोजगारी प्रदान गरिसकेको छ। दश जोड दुई अध्ययनरत युवा तथा युवतीले यो विषयमा ५ महिना अध्ययन गरेर रोजगारीका लागि आवेदन दिन सक्नेछन्।

कार्यक्रममा एयर होस्टेस अध्ययन गर्न चाहने किशोरीहरूले सेमिनारले आफूहरूलाई हवाई उड्डयन क्षेत्रको महत्त्वबारे महत्त्वपूर्ण सिकाइ भएको बताएका छन्। सेमिनारले युवाहरूलाई नेपालमै अवसरहरूको खोजी गर्ने उत्साह पैदा गरेको उनीहरूले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *