
नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध नेमकिपाको प्रदर्शन


नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध विरोध प्रदर्शन गरेको छ।
आइतबार पार्टीका नेता-कार्यकर्ताहरूले जेठ १७ गते राष्ट्रपति रामचन्द्र पौडेलले संविधानविपरीत नगरिकता विधेयक प्रमाणीकरण गरेको भन्दै विरोध प्रदर्शन गरेका हुन्।
विरोध प्रदर्शन काठमाडौंको कोटेश्वरदेखि संसद भवनसम्म भएको थियो।
उनीहरूले नेपाली ‘लेण्डुपहरू मुर्दावाद’, ‘देशभक्त नेपाली एक होऔं’, ‘देशघाती नागकिरता विधेयक प्रमाणीकरण खारेज गर’ लगायतका नारा लेखिएका ब्यानर बोकी प्रदर्शन गरेका थिए।
प्रतिक्रिया