पूर्वसांसद पाण्डेको निधनप्रति राष्ट्रियसभाबाट शोक प्रस्ताव पारित

राष्ट्रियसभाले पूर्वसांसद मीना पाण्डेको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ।
आइतबार बसेको राष्ट्रियसभाको दोस्रो बैठकले पूर्वसांसद पाण्डेको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो। त्यसैगरी बैठकमा उनको निधनप्रति शोक व्यक्त गर्न एक मिनेट मौनधारण पनि गरिएको थियो।
महिला, बालबालिका तथा समाजकल्याण राज्यमन्त्रीसमेत बनेकी पाण्डे नेपाली कांग्रेसको तर्फबाट २०४८, २०५१ र २०७४ मा प्रतिनिधिसभा सदस्य साथै २०६४ को संविधानसभा सदस्य थिइन्।
राष्ट्रियसभाको अर्को बैठक जेठ २२ गते सोमबार अपराह्न १ बजेर १ मिनेटमा बोलाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर