राष्ट्रपतिद्वारा ६ देशका लागि गैरआवासीय राजदूत नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ६ देशका लागि गैरआवसीय राजदूत नियुक्त गरेका छन्।

यसअघि आवसीय राजदूत रहेकाहरूलाई गैरआवासीय राजदूतको समेत जिम्मेवारी दिइएकाे हो।

राष्ट्रपति कार्यालयका अनुसार आवासीय राजदूतहरू मलेसियाका डिल्लीराज पौडेललाई ब्रुनाई, ब्रजिलका निर्मलराज काफ्लेलाई गणतन्त्र चिली, अष्ट्रियाका भरतकुमार रेग्मीलाई क्रोएसियाको गैरआवासीय राजदूतमा नियक्त गरिएको हो।

यस्तै आवासीय राजदूतहरू रुसी महासंघका मिलनराज तुलाधारलाई गणतन्त्र काजखस्तान, डेनमार्कका प्रा. डा. रामस्वार्थ रायलाई लितुआनिया र इजिप्टका सुशीलकुमार लम्साललाई प्रजातान्त्रिक जनगणतन्त्र अल्जेरियाका लागि गैरआवासीय राजदूतको जिम्मेवारी दिइएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *