चीनमा पहिरोमा परी १४ जनाको मृत्यु, ५ बेपत्ता

चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तमा पहिरोमा परी १४ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता भएका छन्।

चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीलाई उद्धृत गर्दै रोयर्टसले आइतबार बिहान करिब ६ बजे प्रान्तको दक्षिणमा रहेको लेसान शहर नजिकैको पहाडी क्षेत्रमा पहिरो खसेको जनाएको छ।

घटनास्थलमा १८० भन्दा बढी उद्धारकर्मीहरू परिचालन गरिएको छ र खोज तथा उद्धार कार्य जारी छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर