नागरिकता विधेयक प्रमाणीकरणको जस लिन नपाएपछि एमालेले संसद अवरुद्ध गर्‍याे : अध्यक्ष केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले नागरिकता विधेयक प्रमाणीकरणकाे जस लिन नपाएपछि संसदमा विरोध गरेको बताएका छन्।

आइतबार विपक्षी दलहरूले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेपछि संसद भवनबाहिर सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।

विगतमा केपी ओली प्रधानमन्त्री हुँदा विधेयकमा निधारले हस्ताक्षर गरेको उनको भनाइ छ।

त्यस्तै उनले भारतीयहरूले नेपालमा भारतीयलाई नागरिकता दिलाएर जनसांख्यिक हिसाबले बहुमत पु¥याउन खोजेको बताए। भारतले नेपाललाई सिक्किम र भुटान बनाउन प्रयत्न गरिरहेको उनको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर