नागरिकता विधेयक तत्काल कार्यान्वयन नगर्न सर्वाेच्चकाे आदेश

सर्वोच्च अदालतले नागरिकता विधेयक तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकलाई संशोधन गर्ने विधेयक यथास्थितिमा राख्न आदेश भएकाे हाे।

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, बालकृष्ण न्यौपानेलगायतले उक्त विधेयक प्रमाणीकरण प्रक्रियाविरुद्ध दायर गरेको रिटमा न्यायाधीश मनोज शर्माको इजलासले आइतबार अल्पकालीन अन्तरिम आदेश दिएको हो।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार रिटका दुवै पक्षलाई बहसमा समेत बोलाइएकाे छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *