
हवाई भाडामा भ्याट लगाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश


File Photo
सर्वोच्च अदालतले हवाई टिकटमा भ्याट (मूल्य अभिवृद्धि कर) लगाउने सरकारको तत्काल निर्णय कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले टिकटमा भ्याट लगाउने सरकारको निर्णयविरुद्ध अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले दर्ता गरेको रिटमा आइतबार बहसपछि सर्वोच्चले तत्काल उक्त निर्णय कार्यान्वयन नगर्न आदेश दिँदै सरकारी पक्षलाई छलफलका लागि बोलाएको छ ।
नाट्टाले हवाई टिकटमा भ्याट लगाउने सरकारको निर्णय गैरकानुनी र अव्यावहारिक भएको भन्दै यसले नेपालको पर्यटन उद्योगलाई थप संकटमा पार्ने जिकिर गर्दै उत्प्रेषण आदेशले बदर गर्न माग गरेको थियो ।
प्रतिक्रिया