
नारायणी नदीमा हामफालेकी महिलाको उपचारका क्रममा मृत्यु


फाइल तस्बिर।
नारायणी नदीमा हामफालेकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ।
आज बिहान नारायणी नदी पुलबाट हामफालेकी महिलाको उद्धारपछि उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो।
बिहान ७:४० बजे नदीमा हामफालेकी अन्दाजी ४५ वर्षीया महिलाको उद्धार गरी उपचारका लागि चितवन मेडिकल कलेज लगिएको थियो।
जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता विजयराज पण्डितका अनुसार उनको उपचारका क्रममा बिहान ८:३६ मा मृत्यु भएको हो।
नदीमा हामफालेकी उनको नेपाल प्रहरी र सशस्त्र प्रहरीको सक्रियतामा उद्धार गरिएको थियो। महिलाको नाम थर र ठेगाना खुल्न सकेको छैन।
प्रतिक्रिया