चावहिलको तरकारी तथा फलफूल होलसेल कृषि बजारमा पस्यो बाढी (तस्बिरहरू)

उपत्यकामा परेको भारी वर्षाले चावहिलको तरकारी तथा फलफूल होलसेल कृषि बजार डुबानमा परेको छ ।

अत्यधिक वर्षाका कारण धोबीखोलामा मंगलबार आएको बाढी चावहिलको तरकारी तथा फलफूल होलसेल कृषि बजारमा पसेको हो।

बाढीका कारण बिहान बेच्न राखिएका कतिपय तरकारीमा क्षति पुगेको तरकारी व्यवसायीले बताएका छन्।

सोमबारदेखि परेको भारी वर्षाले काठमाडौंका बागमती नदी, धोबीखोला, विष्णुमती, मनोहरा, हनुमतीलगायतमा पानीको बहाव बढ्नुका साथै उपत्यकाका नदी र खोला आसपासका क्षेत्रसमेत डुबानमा परेका छन्।

सबै तस्बिरहरू : नेपाल न्यूज बैंक

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *