देश बनाउन सबै इमानदार हुन आवश्यक छ : डीपी अर्याल

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी (डोलप्रसाद) अर्यालले देश बनाउनका लागि सबैजना एकजुट भएर निर्मम र इमान्दार तरिकाले लाग्नुपर्ने बताएका छन्।

रिटर्नी माइग्रेन्ट नेपालको छैटौं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले अब गलतलाई गलत र सहीलाई सही भन्न नसके गालीको पात्र मात्र बन्ने र आउने पुस्ता पनि विदेश जानुपर्ने अवस्था आउने भन्दै विदेशबाट सीप लिएर आएका सबै मिलेर देश बनाउनुपर्ने बताए।

‘यो देश बन्छ, पक्कै बन्छ। हाम्रो पालामा नै बन्छ तर तपाईं हामी निर्मम र इमानदार हुनुपर्छ। अब गलतलाई गलत र सहीलाई सही भन्न सकेनौं भने फेरि हामी पनि गालीको पात्र मात्र बन्ने र आउने पुस्ता पनि विदेश नै जानुपर्ने अवस्था आउँछ,’ उनले भने, ‘त्यसकारण युवा पुस्ता निर्मम भएर एउटा प्रयास गरौं, तपाईंले गरेको प्रयास सबै सँगै हिँडेर देश बनाउने अठोट गरौं।’

अहिलेको अवस्थामा रोजगार सिर्जना गर्ने प्रयासलाई कुनै राजनीतिक दलले ट्याग लगाउने किसिमको काम गर्न नहुने भन्दै संस्थालाई पार्टीगत संस्था नभई विदेशबाट फर्किएका नेपाली जनताको संस्था बनाउनुपर्ने बताए।

यस्तै उनले नेपालबाट बाहिर जाने मन्त्री, सभासद, गन्यमान्यहरूलाई सम्मान गर्नुपर्ने तर आफ्नो मेहनतको पैसा खर्च गरेर सेवा सुविधा दिनु आवश्यक नभएको भन्दै यस्तो कार्य बन्द गर्न आग्रह गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *