मन्त्रिपरिषद बैठक

राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० स्वीकृत

५ रूपैयाँ दरका १५ करोड थान सिक्का टकमरी गर्न राष्ट्र बैंकलाई स्वीकृति

सरकारले राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० स्वीकृत गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० स्वीकृत गरेको गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक संसदमा पेस गर्न स्वकृति दिने तथा ५ रूपैयाँ दरका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिने निर्णय गरेको सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

आज भएका बाँकी निर्णय नियमित पत्रकार सम्मेलनबाटै जानकारी गराइने उनले बताइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *