नेता भएकै कारण ज्यान मार्दा पनि छुट पाउने जमाना छैन : मेटमणि चौधरी

एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले नेता भएकै कारण ज्यान मार्दासमेत छुट पाउने अवस्था अहिले नरहेको बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा मंगलबार उनले सरकारका संयन्त्रलाई अविश्वास गर्नुपर्ने अवस्था नरहेको दाबी गर्दै आज आम नागरिकमा समेत राज्य छ भन्ने अनुभूति बढेको दाबी गरे।

उनले भने ‘हिजोको राजनेता, राजनीतिक दलभन्दा बित्तिकै जे पनि गर्न मिल्ने, जे पनि गर्न सक्ने थियो। दिउँसै ज्यान मार्दा पनि चोखिने कुरा थियो। अरबौंमा खरबौंमा पोलिसी मेकिङ गरेर पोलिसीमा करप्सन गर्ने कुरा थियो। तर, पछिल्लो समय जनतामा आशा जागेको छ। नेपालमा सरकार छ, हुनुपर्छ भन्ने आशा जागेको छ।’

उनले एमालेले सुन प्रकरणमा छानबिन समिति गठनको माग गरेको प्रसंगमा यसअघि पनि समिति बनेर रिर्पोटसमेत सार्वजनिक नभएको इतिहास रहेको भन्दै सरकारी संयन्त्रमा विश्वास गर्नुपर्ने धारणा राखे।

‘संसदीय समितिको कुरा छ। आज हामीले जे जति युनिट संयन्त्र बनाएका छौं। त्यसको रिर्पोट कहाँ छ?,’ उनले भने, ‘सुनलगायतका प्रकरणमा अपराधीहरू पत्ता लागेका छन्। अपराधीहरू पत्ता लागेकै कारणले भीआईपी भनिएका, ठानिएका पूर्वगृहमन्त्री, पूर्वउपप्रधानमन्त्री जेलको चिसो छिँडीमा हुनुहन्छ।’

उनले अहिले भइहरेको छानबिनमा सहयोग गर्न आग्रह गरे। ‘आज हामीले जुन सीआईबीको विषयमा प्रश्न उठाइरहेका छौं। नेपाल सरकारले निर्माण गरेको संस्था हो। यही संसद बनाएको संयन्त्र हो। यसलाई काम गर्न दिऔं,’ उनले भने।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *