![Pardafas.com](https://www.pardafas.com/wp-content/uploads/2022/06/pardafas-logo.png)
अमेरिकामा तीन जना अश्वेतकाे गाेली हानेर हत्या, आक्रमणकारीले आफैंलाई पनि हाने गोली
![clock](https://www.pardafas.com/wp-content/themes/pardafas/assets/img/clock-icon.png)
![अमेरिकामा तीन जना अश्वेतकाे गाेली हानेर हत्या, आक्रमणकारीले आफैंलाई पनि हाने गोली](https://www.pardafas.com/wp-content/uploads/2023/08/florida-shoot.jpg)
जातीय घृणाले प्रेरित एक जना गोराले फ्लोरिडास्थित सहुलियत मूल्यमा उपभोग्य सामग्री बेच्ने पसलमा तीन जना अश्वेतलाई गोली हानेर हत्या गरेका छन् ।
अधिकारीहरूका अनुसार आक्रमणकारीको गोली प्रहारबाट दुई पुरूष र एक महिला मारिएका छन्। प्रहरीसँगको झडपपछि उनले आफैंलाई पनि गाेली हानेर ज्यान लिएको अधिकारीहरूले बताएका छन् ।
‘आक्रमणकारीले कालो वर्णका मानिसहरूको समूहलाई निशाना बनाएका थिए । उसको परिवारका सदस्यले फेला पारेको घोषणापत्रमा पनि उनीहरूलाई मार्न उसले गरेको घृणित दृढनिश्चयको विवरण छ,’ कानून कार्यान्वयन कार्यालय ज्याक्सनभिलका प्रमुख टीके वाटर्सले २० वर्षीय आक्रमणकारीबारे जानकारी दिँदै बताए ।
अश्वेतहरू अध्ययन गर्ने राज्यको ऐतिहासिक एडवर्ड वाटर्स विश्वविद्यालय नजिक भएको उक्त घटनामा विश्वविद्यालयका कसैलाई हानि नभएको जनाइएको छ । आक्रमणकारी केही दिनअघि विश्वविद्यालय परिसरमा देखिएको थियो ।
आक्रमणको अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार आक्रमणकारीको कुनै आपराधिक वा अन्य सङ्गठित संस्थासँग कुनै संलग्नता नरहेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ ।
अब संघीय जाँच ब्यूरो (एफबीआई) ले घटनाको विस्तृत अनुसन्धान गर्नेछ । आक्रमाणकारी एक्लैले उक्त घटना गराएको हो ।
प्रतिक्रिया