हाम्रा छोरीचेली इज्जत हुन्, बेचबिखन नगरौं भन्ने आवाज सर्वत्र उठ्नुपर्छ : अनुराधा कोइराला

माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले छोरीचेलीहरू परिवार र देशको इज्जत भएकाले बेचबिखनविरूद्ध निरन्तर आवाज उठाउनुपर्ने बताएकी छन्।

बुधबार काठमाडौंमा आयोजित मानव बेचबिखनविरूद्धको १७ औं राष्ट्रिय दिवस मूल समारोहमा उनले मानव बेचबिखनविरूद्ध एकताबद्ध भएर सबैले आवाज उठाउन नसके यसको अन्त्य गर्न नसकिने धारणा राखिन्।

‘हाम्रा छोरी हाम्रो इज्जत हुन्, बेचबिखन नगरौं भनेर आवाज उठाउन नसकेर यस्तो अवस्था आएको हो। यदि हामीले एकताबद्ध भएर निरन्तर आवाज उठाएनौं भने बेचबिखनको अन्त्य गर्छौं भन्न मिल्दैन। यसलाई केही हदसम्म कम गर्न सकिएला तर अन्त्य गर्न सक्दैनौं।’

उनले तस्करी पनि धेरै तरिकाले हुने गरेको र विशेषगरी वैदेशिक रोजगारीमा जानेहरूका लागि यो समस्याका रूपमा खडा भइरहेको बताइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर