
चाडबाडकेन्द्रित बजार अनुगमनका लागि ६ वटा उपसमिति गठन गरिने

संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले कालोबजारी र मूल्यवृद्धिको अनुगमन गर्न ६ वटा उपसमिति गठन गर्ने जानकारी दिएका छन् ।
समितिको आज बसेको बैठकमा सभापति खानले, भने ‘६ वटा उपसमितिहरू बनाउछौं । ती समितिहरूले विभिन्न ६ वटा प्रदेशहरूमा अनुगमनहरू गर्नेछ । चाडपर्वलाई लक्षित हुने गरी हुने कालोबजारी, मूल्यवृद्धि मिसावटलगायतका विषयहरूमा अनुगमन कार्यहरू सम्पन्न गरी समितिमा प्रतिवेदन पेस गर्ने गरी उपसमिति बनाइने छ ।’
उनले ती उपसमितिले यही असोज १० गतेदेखि अनुगमन थाल्ने जानकारी दिए ।
‘कालोबजारी, मूल्यवृद्धि, मिसावटलगायतका विषयहरूमा अनुगमन गरी समितिमा रिपोर्ट बुझाउनुपर्छ, जसअन्तरगत उपभोक्ताहरूको हकहित र त्यसको आपूर्ति, व्यवस्था मूल्यांकनको लागि नेपाल सरकारबाट गठित विभिन्न निकायहरू, अनुगमन समिति र स्थानीय बजार अनुगमन समितिबाट भइरहेका कामकारबाहीहरूको बारेमा स्थलगत रूपमा जानकारी लिनुपर्नेछ ।’
- एआईजीमा बढुवा भएका ६ जनालाई दर्ज्यानी चिह्न प्रदान
- यस्तो छ माधव नेपालले प्रधानमन्त्रीलाई बुझाएको मागपत्र (पूर्णपाठ)
- नेपालको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत, प्रतिव्यक्ति आय १ हजार ५ सय १७ हुने अनुमान
- हृदयेन्द्रलाई प्रधानमन्त्रीको सुझाव– कला क्षेत्रमा लागे राम्रै हुन्छ, राजा हुने सपना देखे सपनामै जिन्दगी जाला
प्रतिक्रिया